एजेन्सी , भदाै २१। संसारका धेरै देश कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । तर, चीनका आम नागरिक भने अहिले सामान्य जनजीवनमा फर्किएका छन् । कोरोना संक्रमणको पहिलो केस फेला परेको ९ महिना चल्दै गर्दा चिनियाँ जनजीवन सामान्य बनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नाइटक्लबमा अघिल्लो वर्षजस्तै भिड सुरु भएको छ । ठूला ठूला पाटीको आयोजना हुन थालेको छ । मानिसहरु मास्क नलगाइकनै हिँड्न थालेका छन् । पछिल्लो हप्ता बेइजिङमा शानदार म्युजिक फेस्टिभल आयोजना गरियो । जहाँ हजारौँले मास्क नलागाइकनै मस्ती गरेका छन् ।

म्युजिक फेस्टिवलमा भाग लिएकी ३३ वर्षीया न्यान्सी लीले ६ महिनापछि आजाद जीवन प्राप्त गरेको बताइन् । उनले पाटीमा सहभागी कसैले पनि मास्कसमेत नलगाएको बताइन् । चीन सरकारले बिस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ । बेइजिङमा मात्र होइन, अन्य शहरमा पनि ठूला ठूला पाटी हुन थालेका छन् ।
युरोप लगायतका देशमा नाइट क्लब र बारबाट कोरोना फैलिएको समाचारहरु आइरहेका छन् । तर, चीनले भने विभिन्न शहरमा प्रतिबन्धहरु अन्त्य गरेर आफ्ना नागरिकलाई सामान्य जीवनमा पुर्याएको छ । रुससँग जोडिएको झिनजिआङ्गबाहेकको क्षेत्रमा ४ महिनामा १ सय भन्दा कम संक्रमित फेला परेका छन् । अहिले देखिएका संक्रमित पनि विदेशबाट फर्किएका आफ्ना नागरिक हुन् ।
कोरोना भाइरसको उद्गम थलो वुहानमा पनि सबैभन्दा ठूलो सार्वजनिक कार्यक्रम गरिएको छ । जहाँ ३ हजार भन्दा धेरैले पुल पाटी गरेका थिए । यो पाटीमा सहभागीलाई सरकारले डिस्काउन्ट पनि दिएको थियो । लकडाउनको समयमा भने वुहानका १ करोड मानिसलाई सहर छाड्न प्रतिबन्ध लगाइएको थियो ।
युनिभर्सिटी कलेज अफ लण्डनको हेल्थ साइकोलोजीका प्रा.सुसन मिचीले चीनले संक्रमणबाट बच्नका लागि अप्नाएका सतर्कता सही सावित भएको बताए । उनले चिनियाँ मोडलबाट कोरोना नियन्त्रणमा अन्य देशले पनि सिक्न सक्नुपर्नेमा जोड दिएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com