काठमाडाैं, भदाै २१ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले २ जना महिला र ७ जना पुरुषको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गर्नुभएको हो ।
कोरोना संक्रमणका कारण काठमाडौंका ३ जना ८५, ७४, र ६८ वर्षिय पुरुष, मोरङकी ६४ वर्षीया एक महिला र ४५ वर्षिय एक पुरुष, पर्साका ७७ धनुषा ३५ चितवनका ७० वर्षिय पुरुष झापाकी ४५ वर्षीया एक महिला रहेका छन् । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ८९ जना पुगेको छ ।
यसैबीच मन्त्रालयले आज मात्रै अर्थ मन्त्रालयले ६० बेड आइसियू सञ्चालनका लागि बजेट निकासा गरेको समेत जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पताल लगायतका अस्पतालमा आइसियू सञ्चालनका लागि बजेट निकासा भएको प्रवक्ता गौतमले बताउनुभयो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com