झिमरुक, भदाै २१ । प्युठानको झिमरुक गाउँपालिका –७ तुषारामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । यहाँका किसानले परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गर्न थालेका छन् ।
हावापानीका हिसाबले उपयुक्त तुषारामा करीब ५० किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । घरपरिवारमा खानका लागि करीब एक सय परिवारले सुन्तलाका बोट लगाए पनि केहीले व्यावसायिक खेती शुरु गरेको सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष मोहन जिसीले जानकारी दिए । व्यावसायिक रुपमा सुन्तला खेतीलाई बढावा दिन २५ किसानको समूह गठन गरिएको छ । जिसीका बारीमा हाल सानाठूला गरी सुन्तलाका १५६ बोट छन् ।
अघिल्लो आर्थिक वर्षमा रु एक लाख १० हजार बराबरको सुन्तला बिक्रीसमेत गरिएको उहाँले बताउनुभयो । यस क्षेत्रका किसानले याममा रु २० देखि ३० हजारसम्मको सुन्तला बिक्री गर्दै आएका छन् ।
सडकको पहुँचबाट अलि टाढा रहेको सो गाउँमा हाल सडक निर्माण भएसँगै उत्पादन गरिएका सबै वस्तुले सहज रुपमा बजार पाउने किसानको आशा छ । यससंँगै प्युठानका विभिन्न क्षेत्रमा परम्परागत रुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको पाइन्छ । जिल्लाका ऐरावती, नौबहिनी गाउँपालिकासहित स्वर्गद्वारी नगरपालिकामा समेत व्यावसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com