काठमाडाैं, भदाै २१। हाल मनसुनको न्युन चापीय रेखा  नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । हाल प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकि प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान 
भाद्र २१ गते (आईतबार)

दिउँसो :  देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश तथा  गण्डकी प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २२ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श प्रदेश नं १,  प्रदेश २, बाग्मती प्रदेश र गण्डकी तथा सुदुर पश्चिम प्रदेशका  एक वा दुई स्थानहरुमा  भारी वर्षाको  समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.