फुटबल विकासलाई एन्फा र एपिएफबीच सम्झाैता


काठमाडौं, भदौ २१ । नेपाली फुटबल खेललाई ग्रासरुट देखी नै विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सुरक्षा निकाय सशत्र प्रहरी बल (एपीएफ) मिलेर काम गर्न सहमत भएका छन् ।

स्वयम्भुको हल्चोकस्थित एपीएफको हेडक्वाटरमा आइतबार भएको बृहत छलफलमा एपीएफले एन्फासँग सहकार्य गरेर अघि बढ्न दुबै संस्था सहमत भएका हुन । आइतबार भएको सहमति अनुसार ग्रासरुट फुटबलको विकास, युवा खेलाडीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न एन्फा र एपीएफबीच सहकार्य हुने छ ।

फुटबल विकास र अभिबृद्धिका लागि भएको छलफलमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलको विकाससँग सँगै युवा खेलाडीको विकासमा ध्यान केन्द्रित रहेर छलफल भएको बताए ।
एपीएफका महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले एन्फाले मुलुकमा फुटबलको विकासका लागि प्रस्तुत गरेको योजनाप्रति सकारात्मक रहेको र एन्फासँग हातेमालो गरेर अगाडि बढ्न आफ्नो निकायले सधै साथ दिन बताए ।

खनालले एपीएफबाट नेपाली फुटबलको विकासमा योगदान पु¥याउन पाउँदा खुशी लागेको समेत बताए । यस्तै एन्फाका उपाध्यक्ष उपेन्द्र मान सिंहले एन्फाले तयार गरेको योजना प्रस्तुत गरेका थिए र सोही विषयमा लामो छलफल भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope