सिपएल क्रिकेटः सन्दीपको टोली पराजित

२१ भाद्र २०७७, आईतवार ०६:२२

एजेन्सी, भदौ २१ । सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिगमा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ ।

गएराति भएको खेलमा सन्दीपले औसत बलिङ गरे पनि उनको टोली पराजित भएको हो । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । जमैका अलराउन्डर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ४ चौका र ५ छक्का सहित ५४ रनको योगदान दिएका थिए ।

बार्बाडोसका जोशुवा विशोप, हेडन वाल्श, जेसन होल्डर र राशिद खानले एक एक विकेट लिए । करेबियन प्रिमियर लिगको नवौं खेलमा जमैका तलावाजल बार्बेडोस ट्राइडेन्ट्ससंग ७ विकेटले पराजित हुन पुगेको हो । बार्बेडोसको जितमा कप्तान जेसन होल्डरले शानदार ब्याटिंग गर्दै ६९ रन बनाए जुन क्रममा ९ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै जोनाथन कार्टरले ४४ बलमा ४ चौका मद्दतले ४२ रन बनाए भने मिचेल स्यान्टनरले २१ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए । अब जमैकाले आज राती १२ बजे सेन्ट लुसिया जुक्स बिरुद्ध अन्तिम लिग खेल खेल्नेछ त्यसपछि सेप्टेम्बर ८ तारिख राति ट्रिनबागोसंग सेमीफाइनल खेल्नेछ। दोश्रो सेमीफाइनामा सेप्टेम्बर ९ तारिख बिहान सेन्ट लुसिया र गायनाले प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.