पोखरा, भदाै २१ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको सप्ताहव्यापी स्वास्थ्य सचेतना, मास्क तथा स्यानिटाइजर वितरण समारोह आइतवार समापन भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले विषम परिस्थितिमा जनतामा सचेतना जगाउन दैलोदैलोमा पुगेर सेन्ट्रल गार्डेनले गरेको सचेतनाको जति प्रशंसा गरे पनि कम हुने बताए । उनले विभिन्न सामाजिक संघसंस्थाका यस्तै गतिविधिले स्थानीय सरकारलाई विपत् व्यवस्थापनमा राहत पुग्दै आएको धारणा राखे ।

अतिथि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले क्लबको सातदिने सचेतनामा छ दिनदेखि सहकार्यमा रही सर्वसाधारणमा व्याप्त कोरोनाको भ्रम चिर्न सचेतना सफल भएको जिकिर गरे । अतिथि देवकोटाले आगामी दिनमा पनि क्लबका उद्देश्य मिल्ने कार्यक्रमसँग सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे ।

सचेतना कार्यक्रममा दोस्रो दिनबाट सहकार्य गरेको नेलम्बो नेपालले कार्यक्रममा ७२ हजार ५ सय मूल्य बराबरको ५ हजार थान मास्क, १५ लिटर स्यानिटाइजर र ७ हजार थान सचेतना सामग्री हस्तान्तरण गरेको थियो । सचेतनाको चौथो दिन डागर स्मृति प्रतिष्ठानले एक हजार थान मास्क सहयोग गरेको क्लबका प्रथम उपाध्यक्ष सुब्बा घिमिरेले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.