काठमाडौं, भदाे २१ । चाैधरी समूहका संस्थापदक तथा अर्बपति विनोद चौधरी कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।
१२ भदौमा कोरोना संक्रमण पुष्टि भएका चौधरी १० दिनसम्म होम आइसोलेसनमै बसेर निको भएका हुन्। उनले आफू १० दिन लामो एकान्तवासपछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका छन्।
‘१० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु’, उनले भनेका छन्, ‘मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु।
यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।’उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण चौधरीलाई भदौ १२ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो। उनले त्यसबेला आफूसँग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भनेका भनेका थिए।
पछिल्लो समय उपत्यकालगायत देशभर कोरोना संक्रमणको संख्या तीव्र गतिले बढिरहेको छ। त्यही क्रममा सर्वसाधारणदेखि उच्च ओहदाका व्यक्ति पनि संक्रमण हुने क्रम बढिरहेको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com