मिलेर खाेप बनाउन इरान र रसिया सहमत


एजेन्सी, भदाै २१ । इरान र रसियाबीच तेहरानमा कोभिड-१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको छ।

यस कुराको जानकारी मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध-सरकारी समाचार संस्थाले दिएको छ।  ‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको छ।

उक्त अवसरमा इरानी राजदूतले ‘कोभिड-१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रुसलाई बधाई दिनुभएको थियो। जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रुससँग आग्रह गरेका छन्। 

दिमित्रीभले दुई देशबीच कोभिड-१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए। रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड-१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope