अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्डलाई सिरिज

२२ भाद्र २०७७, सोमबार ०६:२०

एजेन्सी । अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले जितेको छ ।

आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज २-० ले जितेको हो ।

साउथह्याम्पटनमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

इंग्ल्यान्डलाई जित दिलाउन जोस बट्लरले अविजित रहदै ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डाविड मालनले ४२ रन जोड्दा मोइन अली १३ रनमा अविजित रहे ।

अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए ।

यस्तै ग्लेन म्याक्सवेलले २६ रन जोड्दा एस्टन अगरले २३ रन बनाए । डेभिड वार्नर सुन्य रनमा आउट हुँदा स्टिभ स्मिथले १० रन जोडे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए । जोफ्रा आर्चर,मार्क उड र आदिल राशिदको नाममा एक एक विकेट रह्यो ।

Image

जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले २-० को अग्रता समेत बनाएको छ । 

पहिलो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको रोमान्चक जित निकालेको थियो ।

अब दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

अष्ट्रेलियाले टी-ट्वान्टी सिरिजपछि इंग्ल्यान्डसँग एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.