दशैंसम्म निषेधाज्ञा जारी राख्न प्रस्ताव



काठमाडौं, भदौ २२ । दशै सम्मका लािग काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्न प्रस्ताव गरिएको छ ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तरगतको उपसमितिको छलफलमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैसम्म निषेधाज्ञाको तयारी गरिएको जानकारी दिए ।


कोरोना भाइरसको संक्रमण उपत्यकामा ह्वात्तै बढेकाले दशैसम्म नै उच्च सतर्कता अप्नाउनु पर्नेमा जोड दिदै भट्टले निषेधाज्ञाले उपत्यकाको अवस्था भयावह हुनबाट बचेको जानकारी दिए । उनले तिजको समयमा लगाइएको निषेधाज्ञाले प्रभावकारी काम गरेको दावी गरे ।


दशैमा मानिसको आवतजावत बढ्ने भएकाले कोरोना भाइरसको संक्रमण थप बढ्न सक्ने भन्दै उनले सहजीकरण गर्दै निषेधाज्ञालाई दशैसम्म सम्म कायम राख्नुपर्नेमा जोड दिएका छन ।


काठमाडौं उपत्यकामा अहिले दैनिक झण्डै २ हजार जना भित्रिएकाले उपत्यकाको नाकामा सेना परिचालन गर्नुपर्नेमा समिति बैठकमा जोड दिइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले नेपाल प्रहरीले सबैक्षेत्र हेर्नुपर्ने भएकाले नेपाली सेना परिचालन गर्नुपर्नेमा दिए ।

भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिदैछ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode