आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने

२३ भाद्र २०७७, मंगलवार ०७:२५

काठमाडौँ, भदाै २१ । अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो ।

वि.स. २०६२ सम्म हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाएकामा लोकतान्त्रिक जनआन्दोलनका कारण वि.स. २०६३ मा राष्ट्रिय शिक्षा दिवस स्थगन भएपछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय दिवसका दिन (८ सेप्टेम्बर) सँगै मनाउन थालिएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय दिवसका दिन सरकारी, युनेस्कोका संयन्त्र, सामुदायिक सिकाइ केन्द्र र गैह्रसरकारी क्षेत्रबाट भर्चुअलरुपमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् भने शिक्षा तथा मानव संशाधन केन्द्रले स्मारिका प्रकाशन गर्नेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.