भक्तपुर, भदौ २३ । भक्तपुरको सूर्यविनायक स्थित नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २ सय २५ शैय्याको आइसोलेशन वार्ड तयार पारेको छ ।

कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो ।

नेपाली सेनाले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १५० र गणमा ७५ श्यया गरी कुल २ सय २५ शैय्याको आइसोलेशन वार्ड तयार पारेको हो ।

भवनमा २५ कोठामा प्रति कोठा छदेखि १०सम्म बेड रहेको १५० शैय्याको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको जानकारी दिए ।

यसअघि पनि चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा २०० जना क्षमताको क्वारेन्टिनलाई २०८ शैय्याको आइसोलेसन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र युसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेसनको व्यवस्थापन पनि वीरदल गणले नै गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.