काठमाडौँ, भदौ २३ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
उहाँले आज परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
महामन्त्री डा कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उहाँका सहयोगी सुरज उप्रेतीले जानकारी दिनुभयो ।
महामन्त्री डा कोइराला चिकित्सकहरुको सल्लाहअनुसार हाल होम आइसोलेसनमा बस्नुभएको छ । साथै उहाँले आफूसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्नुभएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com