काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ ।
सुन्दर यातायात प्रालिले काठमाडौँ उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक बस सञ्चालन गरेको एक वर्ष पूरा गरेका अवसरमा आज शुभकामना दिँदै उहाँले यस प्रयासले आयातीत इन्धन प्रयोगमा कटौती गर्दै वातावरण संरक्षण र आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले कोभिड–१९ को महामारीलाई सामना गरी तीव्र विकास र सहज व्यावसायिक जीवनमा फर्काउँदै मुलुकको विकास र सेवा क्षेत्रलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको सन्देशमा उल्लेख छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com