प्रशिक्षणमा फर्किए मेस्सी


एजेन्सी, भदाै २३ । बार्सिलोनामै बस्ने निर्णय गरेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।

एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी भएका हुन् ।

यस अघि मेस्सी क्लबको प्रशिक्षणमा सामेल भएका थिएनन् ।

मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफुले क्लब छाड्ने बताएका थिए । मेस्सीले निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए ।

तर, बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो तोकेपछि मेस्सी क्लब छाड्ने विषयमा पछि हटेका थिए ।

Image

कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो ।

अब ३३ वर्षीय लिजेण्ड मेस्सी अर्को समरसम्म क्याम्प नाउमा हुने छन् ।

त्यसपछि मेस्सीको बार्सिलोनाको बसाई अवधि भने क्लबमा आउने नयाँ अध्यक्षमा निर्भर रहनेछ । बार्सिलोनाले सन् २०२१ को मार्चमा नयाँ नेतृत्व छान्दैछ ।

सोही निर्वाचनबाट वर्तमान अध्यक्ष जोसेप मारिया बर्टोमेउलाई प्रतिस्थापन गर्ने व्यक्तिमा मेस्सीको भविष्य निर्भर रहनेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope