अन्तिम खेलमा अस्ट्रेलिया बिजयी, शृखंला इङ्ल्यान्डले जित्यो

२४ भाद्र २०७७, बुधबार ०६:५२

एजेन्सी, भदाै २४ । इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम ट्वान्टी–२० क्रिकेट अष्ट्रेलियाले पाँच विकेटले जितेको छ ।

इंग्ल्याण्डले दिएको एक सय ४६ रनको लक्ष्य अष्ट्रेलियाले पाँच विकेट गुमाएर तीन बल अघि नै भेटायो ।

उसका लागि एरोन फिन्च र मिचेल मार्सले समान ३९/३९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।

उसका जोनी ब्रेस्टोले सर्वाधिक ५५ रन बनाए । तीन खेलको श्रृंखला यसअघि नै इंग्ल्याण्डले जितिसकेको छ ।

इंग्ल्याण्ड र अष्ट्रेलियाबीच शुक्रबारदेखि तीन खेलको एकदिवसीय श्रृंखला सुरु हुँदैछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.