काठमाडौं, भदौ २४ । नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरूले सुझाएका छन ।

नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका हुन ।

‘मित्रराष्ट्र भारतसँगको सम्बन्धको समस्याको प्रमुुख जरो पत्ता लगाउनुपर्छ, उच्च कूटनीतिक पहलमार्फत दुई देशमा देखिएका समस्याको समाधान गर्न जरुरी छ,’ नेकपाका नेता नारायणकाजी श्रेष्ठले भने, ‘सार्वभौमसत्ताको सिद्धान्त, पारस्परिक लाभ र साझा हितका निम्ति दुवै देशको हितअनुकूल काम गर्नुपर्छ ।’

श्रेष्ठका अनुसार नेपाललाई हेर्ने भारतको दृष्टिकोण सार्वभौमसत्ता सम्पन्न मुलुकका रूपमा हुनसकेको छैन । नेपाल–भारत सिमानामा रहेको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या समाधानका सरकारले पटक–पटक भारतसँग वार्ताको प्रस्ताव राखिसकेको छ ।

यस्तै अर्थविद डा.गोविन्दबहादुर थापाले भारतले स्वार्थ राखेर नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग गरेको बताए ।

‘नून, तेल, ग्यास, खाद्य सामग्री भारत र तेस्रो मुलुकबाट पनि भारत हुँदै आउँछ । स्थायी किसिमको सम्बन्ध राख्न भारतसँग हामीले प्रयास गरेकै छैन,’ थापाले भने ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.