एजेन्सी, भदाै २४ । म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डी ब्रूयनाले प्रोफेसनल फुटबलर्स एसोसिएशनले प्रदान गर्ने पुरुष वर्ष खेलाडीको अवार्ड पाएका छन् ।

पिएफए अवार्ड पाएका २९ वर्षका डी ब्रूयनाले आफ्नो सफलताका लागि प्रशिक्षक पेप गार्डिवलाको हात रहेको भन्दै उनको प्रशंसा गरेका छन् ।

बेथ इंग्ल्याण्डले महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् । यस्तै लिभरपुलका २१ वर्षे ट्रेन्ट एलेक्सान्डर–अर्नोल्डले योङ्ग प्लेअर अवार्ड जितेका छन् ।

पुरुष वर्ष खेलाडी बनेका डी ब्रूयनाले गएको वर्षका विजेता भर्जिल भान डीजेक, ट्रेन्ट एलेक्सान्डर–अर्नोल्ड, साडिओ माने, जोर्डन हर्नान्डेस र रहीम स्ट्रर्लिङ्गलाई पछि पारेर अवार्ड जितेका हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.