एजेन्सी, भदौ २४ । पूर्व कम्युनिष्ट लडाकू सिसेरे बाटिस्टीले इटालीको एक जेलमा मङ्गलबार भोक हडताल सुरू गरेका छन् ।
एकान्त कारावासमा राखिएको स्थानमा नै उनले भोक हडताल सुरु गरेको इटालियाली समाचार संस्थाहरूले जनाएका छन् ।
बाटिस्टी ६५ लाई सन १९७० मा बामपन्थी आन्दोलन (क्रान्ति) को नेतृत्व गरिरहेका समय मारिएका चार व्यक्तिको हत्यामा दोषी ठहर गर्दै थुनामा राखिएको हो ।
सन १९७९ मा इटालीमा गैरकानुनी रूपमा सशस्त्र क्रान्तिकारी समूहमा लागेको आभियोगमा जेल परेका बाटिस्टी दुई वर्ष पछि जेलबाट भागेका थिए । चार दशक उनले विभिन्न मुलुकमा भूमिगत जीवन बिताएका थिए ।
अन्तराष्ट्रिय प्रहरी सञ्जालले उनलाई गत वर्ष जनवरीमा बोलिभियाबाट पक्राउ गरेको थियो भने पछि इटालीलाई सुपुर्दगी गरिएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com