पोखरा, भदौ २४। ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट अफर ल्याएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा विद्यार्थीहरुलाई ५ लाखसम्मको क्रेडिट दिने भएको हो ।
कोरोनाले जनजीवनमा असर परेकाले उनीहरुको जीवनयापनलाई सहज बनाउन फेवाबजारले माछापुच्छ बैंक, प्रभु बैंक र सनराईज बैंकसँगको सहकार्यमा क्रेडिट सुविधा दिने फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए ।
उनका अनुसार क्रेडिट सुविधा शून्य डाउन पेमेन्टमा बिना धितो शून्य ब्याजदरमा सामान उपलब्ध गराइनेछ । फेवाबजारले शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराउने जनाएको छ । क्रेडिट सुविधाबाहेक शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराइने निर्देशक आचार्यले बताए ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९)का कारण देशको राजधानी काठमाडौंसहित विभिन्न जिल्ला तथा क्षेत्रहरुमा निषेधाज्ञा, शिललगायतका बाबजुदपनि फेवाबजारले होम डेलिभरी सेवालाई जारी राखेको जनाएको छ ।
आफूहरुले उपभोक्ताले अर्डर गरेका अत्यावश्यक सामग्रीहरु घर÷घरमै पु¥याइरहेको कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । उनले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत ११ वटा आउटलेटहरुबाट देशैभर चौविसै घण्टा निरन्तर सेवा दिइरहेको बताए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com