बलिङमा सन्दिपकाे वरियता खस्कियाे

२४ भाद्र २०७७, बुधबार १५:५६

काठमाडाैं, भदाै २४ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी-ट्वान्टीको नयाँ बलिङ वरीयतामा नेपाली खेलाडी सन्दीप लामिछाने एक स्थान तल झरेका छन ।

आईसीसीले जारी गरेकाे नयाँ बरियतामा सन्दीप ८० औं स्थानमा रहेका छन् । उनकाे ३ सय ८९ रेटिङ अंक छ ।

यस अघि सन्दीप ७९ औं स्थानमा थिए । बलिङकाे वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छने भने मुजिब उर रहमान दोस्रो स्थानमा छन् ।

यस्तै नेपालका पूर्व कप्तान पारस खड्का ब्याटिङ वरीयताको ७० औं स्थानमा रहेका छन् । पारसले ४ सय रेटिङ अंक पाएका छन् ।

टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.