हेमजा, भदौं २४ ।अन्नपूर्ण–३, मराउँचेको विकासमा लागि गाउँवासीले बुधवार गाउँपालिकामा खवरदारी गरेका छन् । गाउँपालिका अध्यक्ष युवराज कुँवर, प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारी, वडा नं.२ का अध्यक्ष चुडामणि अधिकारी तथा शिक्षा अधिकृत बलराम भुगाई समक्ष गाउँवासीले खवरदारी गरेका हुन्।


गाउँवासीले मुख्य तया मराउँचे गाउँ पुग्ने सडकको स्तरउन्नतीमा ध्यान दिन आग्रह गरे।गाउँपालिकाले बर्षिनी छुट्टाउने ५ लाख रकम सडकको मर्मतमै सकिएको जनाउँदै गाउँवासीले पक्की सडक निर्माण गर्न पनि बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए।

जवाफमा गाउँपालिका अध्यक्ष युवराज कुँवरले मराउँचेको विकासमा आफू संवेदनशील रहेको जनाउँदै त्यसमा उचित ध्यान दिने भनाई राखे।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.