काठमाण्डौ, भदाै २४ । चितवनका विभिन्न ठाउँमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी गाडी चलेका छन् । 

रामनगर र तीन किलोमा पहिरो र लेदो झरेकाले सडक एकतर्फी रुपमा चलिरहेको चितवन प्रहरीले जनाएको छ । बुधबार बिहान कालीखोला आसपास मुसलधारे पानी परेको थियो । 

साना–साना खोल्सा पनि ठूलो भेल आएकाले गाडी वारपार गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.