राेनाल्डाेकाे गाेलमा पाेर्चुगल विजयी, फ्रान्सले क्रोएसियालाई हरायाे


एजेन्सी, भदाै २४ । यूईएफए नेसन्स लिग अन्तर्गत दोस्रो खेलमा मंगलबार  कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि पोर्चुगलले स्वीडेनलाई हराएकाे छ ।

पोर्चुगलले २-० को सहज जित दर्ता गरेको हो । रोनाल्डोले खेलको दुवै हाफमा १-१ गोल गरेका थिए । रोनाल्डोले खेलको ४५ औं मिनेटमा पहिलाे गाेल गर्दा राेनाल्डाेले राष्ट्रिय टाेलीबाट सय गाेल पूरा गरेका छन ।

७२ औं मिनेटमा रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारेका थिए । रोनाल्डो ८० औं मिनेटमा डिओगो जोटालाई स्थान दिँदै मैदान छाडेका थिए ।

यस जितसँगै पोर्चुगलले समूह ए ३ मा शीर्षस्थानमा कायम रहेको छ । पहिलो खेलमा पोर्चुगलले क्रोएसियालाई ४-१ ले हराएको थियो । अर्को खेलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गरेकाे छ ।

हराएपनि गोलअन्तरमा पोर्चुगलले फ्रान्सलाई उछिनेको हो । पोर्चुगल र फ्रान्सको ६-६ अंक रहँदा क्रोएसिया र स्वीडेन अंकविहिन छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope