विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो


एजेन्सी, भदाै २४ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ ।

गएकाे २४ घण्टामा चार हजार दुई सय सात जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या नौ लाख सात सय ६३ जना पुगेको हो ।

गएको २४ घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५ हजार भन्दा धेरै भएको छ ।

सङ्क्रमितमध्ये एक करोड ९८ लाख दुई हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका र एक हजार एक सय सात जनाको ज्यान गएको वल्डाेमिटरले जनाएरको छ ।

अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखी उच्च संख्यामा बिरामी थपिएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope