सीपीएल : सन्दीप आवद्ध जमैका सेमिफाइनलमा पराजित

२४ भाद्र २०७७, बुधबार ०६:००

एजेन्सी, भदाै २४ । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियममा जमैकाले दिएको दिएको १०८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो ।

जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।बलिङतर्फ ट्रिनबागोका जेरोमी होसिनले तीन विकेट लिए ।

खारी पेरीको नाममा २ विकेट लिन सफल भए । अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।

आजको खेलमा भने सन्दीपले औसत प्रदर्शन गरे । ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.