सार्वजनिक यातायात तत्काल सञ्चालन नगर्न सुझाव


काठमाडौं, भदौ २४ । उपत्यका नगरपालिका फोरमले उपत्यकामा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ ।

फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गर्न सुझाव दिएको छ ।

काठमाडौँ उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाइ गर्न पनि बैठकले माग गरेको छ ।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बैठकमा उपत्यकाभित्रको जनजीवन खुकुलो बनाउँदै नाकामा भने सेना खटाएर भए पनि कडाइ गर्न सङ्घीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गरिने बताउनुभयो ।
महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका दृष्टिबाट जनजीवन असहज बन्न थालेपछि यस्तो निर्णय गरिएको ललितपुर महानगरका प्रमुख महर्जनले बताउनुभयो ।

बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले पछिल्लो निषेधाज्ञा अवधिमा उपत्यकामा करिब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको पनि जानकारी दिइएको छ ।

पाँच हजार शैयाको क्वारेन्टिन र ६ हजार शैयाको आइसोलेशन बनाउने ठाउँ पहिचान भएको छ । निषेधााज्ञासँगै रोकिएको स्थानीय तहको सेवा भदौ २५ देखि नियमित गर्ने निर्णय बैठकले गरेको छ ।

नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि पटकपटक उपत्यका प्रवेश नाकामा कडाइ गर्न र उपत्यकाभित्रको जनजीवन भने सहज बनाउन माग गर्दै आउनुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope