काठमाडौं, भदाै २५ । बुधबार राति १२ बजेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । 

यससँगै उपत्यकामा सवारीसाधन सञ्‍चालनमा जोर-बिजोर लागु हुने जनाइएको छ ।

यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत जनाइएको छ ।

बिस्तृत हेर्नुहाेस

बिस्तृतका लागि यहाँ क्लिक गर्नुहाेस

उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।

व्यापार व्यवसाय खोल्न दिने शर्तबारे औपचारिक निर्णयमा बिस्तृतमा खुलाइने एक अधिकारीले जानकारी दिए । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.