काठमाडौं, भदाै २५ । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ।
हाल देशभर सामान्यदेखि पुर्ण बदली भइ केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज विहान २ बजे मापन गरीए अनुसार पछिल्लो ३ घण्टा कास्की जिल्लाको लुम्ले र त्यस आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको छ ।
तसर्थ साना खोलामा आकस्मिक बाढी आउन सक्ने, कमजोर र भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com