काठमाडौं, भदाै २५। सरकारले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ।
यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एअरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो।
उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रममन्त्रीबीच आज भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको सङ्ख्या थप गर्ने समझदारी भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए।
मन्त्री भट्टराईका अनुसार नियमित उडान सुरु भएका मुलुकबाट आवश्यकताका आधारमा यात्रु ल्याउन सकिनेछ।
कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ।
श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने जनाइएको छ।
नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सङ्ख्या थप गरिने पर्यटनमन्त्री भट्टराईले बताए।
उनले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील रहेको भन्दै उनीहरूको स्वदेश फिर्तीका लागि सरकारले आफ्नो प्रयत्न बढाउँदै जाने पनि बताए।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com