काठमाडौं, भदौ २५ । सर्वसाधारको सहजका लागि काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याइएका टुटल र पठाओ बिहीबारबाट सुरु भएका छन् ।

निषेधाज्ञा खुकुलो बनेसँगै टुटल र पठाओले राइड सेयरिङ सेवा पुनः शुरू गरेका हुन ।

सार्वजनिक यातायात सञ्चालन हुन पाउने भएसँगै कम्पनीहरूले स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर सेवा थाल्ने भएका हुन ।

सेवा सञ्चालन गर्दा स्वास्थ सुरक्षाको मापदण्ड पूरा गरेर ग्राहकलाई सेवा दिइने टुटल र पठाओले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन र त्यसपछिको निषेधाज्ञामा टुटल र पठाओ सञ्चालनमा आउन सकेका थिएनन् ।

यद्यपि टिुटल र पठाओ सञ्चालनमा आउन सकेका थिएनन् । यद्यपि छिटफुटले सञ्चालन गरेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.