काठमाडौं, भदौ २५ । जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय सरकारले गरिसकेको छ ।
केही क्षेत्रमा यो निर्णय लागू भए पनि खेलकुद क्षेत्र बन्द नै रहने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाले जनजीवनमा प्रत्यक्ष असर गरेको भन्दै आजबाट खुकुलो बनाउने निर्णय भएको छ ।
तर सरकारले जिमखाना सहित खेलकुद गतिविधि र खेल प्रस्तुतीलाई बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले यसअघि भदौ १ गतेबाट अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षण गर्न अनुमती दिने निर्णय गरेको थियो ।
सोही अनुसार विभिन्न खेल संघहरुले खेलाडीको प्रशिक्षण सञ्चालन गर्ने तयारी समेत गरेका थिए ।
तर संक्रमण बढेको भन्दै उपत्यका सहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा सुरु भएपछि खेलकुद प्रशिक्षण अनिश्चित समयलाई स्थगित बनेको छ ।
चैतको पहिलो साताबाट घरेलु खेलकुदका सम्पूर्ण गतिविधि ठप्प छन् । लकडाउन र निषेधाज्ञाले खेलाडीहरु घर बाहिर निस्कन पाएका छैनन ।
खेलाडी प्रशिक्षणमा सहभागी नभएको महिनौ बितेको छ । तर खेलकुदका सम्बन्धित निकायसंग खेलाडीलाई प्रशिक्षणमा निकाल्ने कुनै योजना देखिदैन ।
युवा तथा खेलकुद मन्त्रालय र खेलकुदको कार्यकारीणी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना कहरको कारण देखाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न नसक्ने भनेर यस अघिनै सूचना टास गरिसकेको छ ।
सामान्य अवस्थामा समेत खेलाडीको नियमित प्रशिक्षण नगराउने धेरै खेलकुद संघहरुलाई कोरोना भाईरस असर परोको छ ।
छिमेकी देशहरुमा समेत डब्लूएचओको प्रोटोकल अनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन् ।
तर नेपालमा भने लकडाउनलाई कारण देखाएर विगत ६ महिनादेखि खेलाडी घरेलु अभ्यासमा सिमित छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com