पछिल्लो २४ घण्टामा थपिए १ हजार २४६ कोरोना संक्रमित, ५ को मृत्यु

२५ भाद्र २०७७, बिहीबार १६:३५

काठमाडौं, भदौ २५ । माहामारीको रुप लिएको कोरोना पछिल्लो २४ घन्टामा बढ्ने क्रम जारी छ ।

२४ घन्टाको अवधिमा नेपालभर १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १४४ पीसीआर परीक्षणमध्ये १ हजार २४६ जनाको नतिजा पोजिटिभ आएको हो ।

हालसम्म कूल पीसीआर परीक्षण संख्या ८ लाख १० हजरा ४८५ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमित संख्या १४ हजार ४४८ छ । जसमध्ये ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै क्वारेन्टिनमा रहेकाको संख्या ५ हजार ४८० पुगेको छ । हालसम्म नेपालमा ५० हजार ४६५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

मंगलबार र बुधबार ६/६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.