काठमाडौं, भदौ २५ । संघीय संसद, संसदीय सुनुवाई समितिले जर्मनी, बेल्जिय र पाकिस्तानका लागि प्रस्ताव गरिएको नेपाल राजजूतको नामा बिहीबार अनुमोदन गरेको छ ।

बिहीबार काठमाडौमा बसेको बैठकले योग्यता, क्षमता, अनुभव, कार्ययोजना लगाएतका विषयमा माथि छलफल गरेर टुङ्गो लगाएको हो ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्राज भण्डारीलाई बेल्जियम, तापस अधिकारीलाई पाकिस्तान तथा रामाकाजी खड्कालाई जर्मनीको राजदूतमा सिफारिस गरेको हो ।

यसअघि समितिले उक्त पदमा उहाँहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजूरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरेकामा एकबाहेक अन्य उम्मेदवारप्रति लक्ष्य गरी उजूरी नआएको सभापति कर्णले जानकारी दिए ।

याे पनि तीन प्रस्तावित राजदूतविरुद्ध पाँच उजुरी

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.