बिहीबारको मन्त्री परिषद् बैठक स्थगित


काठमाडौं, भदौ २५ । बिहीबारका लागि तय भएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ ।

नेकपाको बैठकको तयारीमा रहेका प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि बैठक नबस्ने भएको हो ।

बिहीबारलाई तय भएको विषयले शुक्रबार स्थान पाउने भएका छन् । शुक्रबार नेकपाको सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रीहरुलाई आज बिहान १० बजे नै बैठक सरेको जानकारी गराएको हो ।

मन्त्रिपरिषदको आगामी बैठकले सरकारको प्रवक्ता तोक्ने, विद्युत प्राधिकरणको कार्यकारीमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडा मनोनित अवधि सकिएपछि सरकारको प्रवक्ता तोकिएको छैन ।

त्यस्तै विद्युत प्राधिकरणका प्रमुख घिसिङको चार वर्षे कार्यकाल पनि यही भदौ २९ गते सकिँदैछ । नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएको बेला प्राधिकरण सम्हाल्न पुगेका घिसिङले नेपाललाई लोडसेडिङ मुक्त पारेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope