एजेन्सी, भदौ २५ । भारतमा पछिल्लो दिन यता संक्रमण हुनेको संख्या तीब्र गतिमा फैलिएको छ ।

दैनिक ९० हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दरमा घट्ने संकेत देखिएको छैन ।

सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७९ हजार ७०६ कोरोना संक्रमित थपिएका छन । भारतमा हालसम्म ४३ लाख ७० हजार १२८ जनामा कोरोना संक्रमण देखिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ११५ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.