भ्याट र अन्तःशुल्क बुझाउने मिती नथपिने, आज अन्तिम दिन

२५ भाद्र २०७७, बिहीबार १४:१३

काठमाडौं, भदौ २५ । सरकारले मूल्य अभिवृद्धि कर र अन्तःशुल्क बुझाउने म्याद थप नगर्ने भएको छ ।

साउनमा भएको कारोबारको विवरण र कर दाखिला बिहीबारभित्रै गरिसक्नुपर्ने भएको हो । नबुझाए जरिवाना हुने भएको छ ।

लकडाउनका कारण साउनमा व्यावसायिक गतिविधि नभएको र निषेधाज्ञाका कारण कर कार्यालयमा उपस्थित हुन असहज भएको भन्दै व्यवसायीले कारोबार विवरण तथा कर बुझाउने समय थप गर्न माग गरेका थिए । तर माग सम्बोधन भएन ।

व्यवसायीले अन्तःशुल्क र मूल्य अभिवृद्धि कर रकम महिना समाप्त भएको २५ दिन भित्र बुझाउनुपर्छ ।

यसको अर्थ व्यवसायीले साउन महिनाको भ्याट र अन्तःशुल्क बिहीबार नै बुझाउनुपर्छ ।

कुनै पनि उत्पादित वस्तुको अन्तःशुल्क बिल जारी भएको महिना सकिएको २५ दिनभित्र बुझाउनुपर्छ भने भ्याटको म्याद २५ दिन नै हो ।

आयकर भने पहिलो किस्ता स्वरुप ४० प्रतिशत पुस मसान्तसम्म, ७० प्रतिशत चैत मसान्तसम्म र बाँकी असार मसान्तसम्म तिर्नुपर्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.