सेरेना विलियम्स युएस ओपन टेनिसकाे सेमिफाइनलमा

२५ भाद्र २०७७, बिहीबार ०७:०४

एजेन्सी, भदाै २५ । संघर्षपूर्ण खेलमा जित निकालेर अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन्।

६ पटककी विजेता ३८ वर्षे सेरेनाले ३२ वर्षकी बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएकी हुन् ।

कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेकी सेरेना पहिलो सेटमा ४–६ ले पछि परे पनि त्यसपछिका दुई सेटमा ६–३ र ६–२ को जित निकाली पिरोन्कोभालाई पराजित गर्न सफल भएकी हुन् ।

सेरेनाले सेमिफाइनलमा पूर्व विश्व नम्बर एक भिक्टोरिया अजारेन्का वा एलिज मर्टेन्ससँग प्रतिस्पर्धा गर्ने छिन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.