मन्त्रिपरिषद् बैठकमा कुलमानको कार्यकाल थप्ने प्रस्ताव पेश हुँदै


काठमाडौं, भदौ २५ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्न ऊर्जामन्त्री वर्षमान पुनले बिहीबारको मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न लागेका छन् ।

खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ ।

कुलमानको म्याद थपका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र प्रधानमन्त्री केपी ओलीबीच छलफल भइसकेको छ ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हटेको थियो ।

त्यस्तै, कुलमानले चार वर्षमा उल्लेख्य मात्रामा विद्युत चुहावटमा कमी ल्याएका छन्। घाटामा रहेको विद्युत प्राधिकरण हाल नाफामा पुगेको छ ।

तर, उनको चार वर्षको कार्यकालमा कुनै पनि नयाँ ठूला आयोजना सुरू हुन सकेका छैनन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope