राष्ट्रिय टिमका क्रिकेटरले पाए तलब


काठमाडौं, भदाै २५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एक वर्षबाट रोकिएको तलब पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले तलब पाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट रकम प्राप्त भएसँगै क्यानले खेलाडीको एक वर्षको एकमुस्ट तलब खेलाडीको खातामा हालिदिएको हो ।

क्यानले खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाएको समेत जनाएको छ । क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार वृद्धि गर्न आईसीसी सहमत भएको थियो ।

राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणी अनुसार तलब पाएका छन् । जसमा ‘ए’ श्रेणीको खेलाडीले ४५ हजार, ‘बी’ श्रेणीको खेलाडीले ३५ हजार र ‘सी’ श्रेणीको खेलाडीले मासिक २५ हजारको दरले तलब पाएका छन् ।

एकमुष्ट एक वर्षको तलब पाउँदा ‘ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन् ।

खेलाडीको श्रेणी –

‘ए’ श्रेणी: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

‘बी’ श्रेणी: आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी

‘सी’ श्रेणी: रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope