एजेन्सी, भदाै २६ । टी-ट्वान्टी सिरिजमा जित निकालेको घरेलु टोली इङ्ल्यान्डले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियअन्तर्गत आज (शुक्रबार) अस्ट्रेलियासँग खेल्दै छ ।
दुई टोलीबीच आज हुने पहिलो एकदिवसीय नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । ओल्ड ट्रा फोर्डमा हुने खेलमा जित निकाल्दै अस्ट्रेलिया एकदिवसीय सिरिजमा आफूलाई बलियो बनाउने योजनामा छ ।
उता टी-ट्वान्टी सिरिज आफ्नो पक्षमा पारेको इङ्ल्यान्ड आजको खेलमा जित निकाल्दै एकदिवसीय सिरिजमा पनि आफूलाई बलियो बनाउने योजनामा छ ।
सन् २०१९ को विश्वकपपछि दुवै टिम पहिलोपटक खेल्न लागेका हुन् । विश्वकपको दुई भेटमा दुवैले एक-एक जित निकालेका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com