एजेन्सी, भदाै २६ । कोरोना भाईरसको महामारीको कारण यस वर्षको एएफसी कप फुटबल प्रतियोगिता रद्द भएको छ ।
एसियन फुटबल फेडेरसन (एएफसी) ले बिहीबार क्लब स्तरीय एएफसी कप रद्द गर्ने निर्णय गरेको हो ।
अनलाईनको माध्यमबाट बसेको एएफसीको बैठकले कोरोनालाई मध्येनजर गर्दै यस वर्षको एएफसी कप रद्द गर्ने निर्णय गरेको हो ।
एएफसी कपमा यस वर्ष नेपालको क्लबले सहभागिता जनाउने थिएँन । नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एएफसीको क्लब लाईसेन्स नपाएको कारण एएफसी कप खेल्ने मौका गुमाएको थियो ।
यस्तै युएईमा तय भएको एएफसी फुटसल क्लब च्याम्पियनसिप समेत रद्द गरिएको छ ।
एएफसीले एएफसी यू-१६ र यू-१९ च्याम्पियनसिप २०२१ सम्मको लागि स्थगित गरेको छ ।
एएफसी सोलिडारिटी कप समेत २०२४ सम्मका लागि स्थगित गरिएको छ ।
तर, एएफसी फुटसल च्याम्पियनसिप कुवेतमा डिसेम्बर २-१३ सम्म गराउने निरणय गरेको छ ।
त्यस्तै एएफसी च्याम्पियन्स लिगको इस्ट जोनको खेलहरु नोभेम्बर १५ देखि १३ डिसेम्बरसम्म गर्ने निर्णय गरेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com