काठमाडौं, भदाै २६। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
‘एमसिसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय निकालेको छ’, उनले बैठकपछि भने ‘यसबारे छिट्टै निर्णय हुनेछ। तर के संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा पार्टीमा अझै छलफल हुन्छ।’ प्रवक्ता श्रेष्ठ २०७६ माघ १५-१९ को केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले दिएको सुझावसहितको प्रतिवेदनलाई ध्यानमा दिएर एमसिसीबारे निर्णय लिने पनि बताए।
‘पार्टीले यसबारेमा छिट्टै निचोड निकाल्ने छ’, उनले भने, ‘वरिष्ठ नेता झलनाथ खनाल कार्यदलको प्रतिवेदनलाई पनि ध्यान दिँदै एमसिसीमा संशोधन र परिमार्जन गरिने बुँदा तय हुनेछ।’
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com