काठमाडौं , भदाे २६ । नोभेल कोरोना भाइरसकाे संक्रमणमा पछिल्लाे २४ घन्टा१ हजार ४५४  संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ४५४ संक्रमित थपिएको जानकारी दिए । 

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ । 
 
पछिल्लो २४ घण्टामा ९७२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३६  हजार ६७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१  प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ७०१  जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख २१  हजार १८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ७८ जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १०५ जना रहेका छन् ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ५० हजार  पुगेको छ ।

आइतबार देशभर ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८१४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो । 

सोमबार देशभर ९७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

मंगलबार ९०२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने दुई हजार २८७ जना डिस्चार्ज भएका थिए । यही अवधिमा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

बुधबार एक हजार ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी यस अवधिमा ९१८ जना डिस्चार्ज भएका छन् । बुधबार पनि ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

बिहीबार एक हजार २४६ कोरोना भाइरस संक्रमित देखिएका थिए । त्यसैगरी एक हजार ८१८ डिस्चार्ज भएका छन् । बिहीबार ५ जनाको मृत्यु भएको छ । 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै ६ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ गरेर ६ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थपिएका १ हजार ४ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३६ हजार ६ सय ७२ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट ३ सय २२ जनाको ज्यान गएको छ ।

नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको हो । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । 

बिहीबार देशभर ५ जना, बुधबार र मंगलबार ६-६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 

देशभर पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५४ कोरोना भाइरस संक्रमित थपिएका छन् । 

यससँगै देशभरका अस्पतालबाट कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ७१ प्रतिशत रहेको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.