ट्रिनबागो नाइट क्यारेबियन प्रिमियर लिगको च्याम्पियन


एजेन्सी, भदौ २६ । काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले करेबियन प्रिमियर लिग (सिपिएल) ट्वान्टी–२०को उपाधि जितेको छ ।

ब्रायन लारा स्टेडियममा सम्पन्न फाइनलमा डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले आठौं सिजनको उपाधि जित्न सफल भएको हो ।

उपाधि उचालेको ट्रिनबागोले सबै खेलमा जित निकाल्दै उपाधि चुमेको हो ।

पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले २ विकेट गुमाएर १२ बल बाँकी छदै पुरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा ओपनर टायन वेब्स्टर ५ रन तथा टिम सेफर्ट ४ रन जोडेका थिए ।

त्यसपछि इनिङ सम्हाल्न आएका लेन्डल सिमोन्स र डेरेन ब्राभोले अविजित शतकीय साझेदारी गर्दै टिमलाई जितसम्म पु¥याएका हुन ।

प्लेयर अफ द म्याच चुनिएका सिमोन्सले अविजित ८४ रन बनाउने क्रममा ४९ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । ब्राभोले ४७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५८ रन बनाए ।

यस अघि टस हारेर ब्याटिंग गरेको सेन्ट लुसियाले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

जुक्सकको लागि विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले सर्वाधिक ३९, मार्क डेयालले २९, नजिबुल्लाह जद्रानले २४ तथा रोस्टन चेजले २२ रन बनाए। रखिम कर्नवालले ८, मोहम्मद नाबीले २ तथा कप्तान डेरेन सामीले ८ रन मात्र बनाउन सके।

ट्रिनबागोको बलिंगमा कप्तान काइरन पोलार्डले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए । अलि खान र फवाद एहमदले समान २ विकेट लिए ।

प्रतियोगितामा काइरन पोलार्ड उत्कृस्ट खेलाडी चुनिए जसले बलिंगमा ८ विकेट तथा ब्याटिंगमा २०७ रन बनाएका थिए ।

प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्रिनबागोका लेन्डल सिमोन्स भए जसले ११ खेलमा ३५६ रन बनाए ।

प्रतियोगिताको सर्वाधिक विकेटकर्ता सेन्ट लुसियाका फास्ट बलर स्कट कग्लेजिन भए जसले ११ खेलमा १७ विकेट लिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope