निषेधाज्ञा खुकुलो भएसँगै जीवनशैली चलायमान हुँदै


काठमाडौं, भदौ २६ । तीन साता पछि राजधानी काठमाडौमा चहलपहल देखिन थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम रोक्न यस अघि सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो ।

जसका कार उपत्यकाका बजार, कलकारखाना, उद्योग तथा व्यवसाय स्थिर थिए भने सञ्ञ्चालको जीवनशैली कठिन हुन लागेको थियो ।

सवारीसाधन जोरबिजोर प्रणाली अनुसार सञ्चालनमा आएको छ । सङ्क्रमण रोक्न गएको चैत ११ गते सरकारले जारी गरेको बन्दाबन्दीपछि ४ महिना मुलुकको आर्थिक क्षेत्र ठप्प हुन पुगेको थियो ।

साउन ६ गतेबाट बन्दाबन्दी हटाइएपछि कोभिड–१९ को सङ्क्रमण एक्कासि बढ्दा पुनः मुलुकका विभिन्न जिल्लाले स्थानीय प्रशासन ऐन, २०२८ र सङ्क्रामक रोग ऐन, २०२० को अधिकार प्रयोग गरेर निषेधको आदेश जारी गरेको थिए ।

कतिपय जिल्लाले अझै निषेधको आदेश कायमै राखेका छन् भने कतिपय जिल्लाले खुकुलो बनाउँदै लगेका छन् ।

आदेशानुशार यसपालि १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन, भाडाका ट्याक्सी र निजी सवारीसाधन जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइने छ ।

औषधि र पानीजन्य व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने, खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुको व्यवसाय बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने नयाँ व्यवस्था गरिएको छ।

विकास निर्माण सम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन मध्याह्न १२ बजेदेखि साँझ ७ बजेसम्म तथा सहकारी संस्थाहरु ११ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्नुपर्ने छ।

सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइनेछ भने भाँडा, भान्साजन्य र सोही प्रकृतिका अन्य पसल आइतबार, मङ्गलबार र शुक्रबार तथा फर्निचर र अटोमोबाइल सम्बन्धी पसल सोमबार र बुधबार मात्रै सञ्चालन हुनेछ ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी, इलेट्रिकल्स, इलेक्ट्रोनिक्स, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ।

सवारी साधन सम्बन्धी वर्कशप बिहान ८ देखि राति ८ बजेसम्म सञ्चालन हुनेछन्। टेक–अवे सेवा तथा होमडेलिभरी सेवा भने दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

उद्योग कलकारखाना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै बस्ने, खाने व्यवस्था मिलाउन भनिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope