काठमाडौं, भदौ २६ । कार्तिक १५ देखि १७ गतेसम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।

साढे दुई महिना अगाडि सुरु भएर शुक्रबार सम्पन्न भएको नेकपा स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक कार्तिकमा बोलाउने निर्णय गरेको हो ।

नेकपा केन्द्रीय कमिटी बैठक गतवर्षको माघ १५ गतेदेखि १९ गतेसम्म बसेको थियो। अब कार्तिकमा बस्ने निश्चित भएसँगै करिब १० महिना पछाडी मात्र सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।

शुक्रबारको बैठकले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १५ बुँदे प्रस्ताव पारित गरेको छ ।

जसअनुसार प्रतिनिधि सभाको जारी कार्यकाल अवधिभर केपी ओली नै प्रधानमन्त्री हुनेछन भने कार्यकारी अधिकारसहित प्रचण्डले पार्टीको नेतृत्व गर्नेछन ।

सोही प्रस्तावमा नेकपा एकताको राष्ट्रिय महाधिवेशन २०७७ सालको चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने उल्लेख छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.