प्रधानमन्त्री ओलीले सरकार र ‘कार्यकारी’अध्यक्षतासहित प्रचण्डले पार्टी सम्हाल्ने

काठमाडाैं, भदौ २६ । साढे दुई महिनापछि शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकले पूर्णता पाएको छ ।
यसँ सँगै नकेपाको विवादले अब छिट्टै पूर्णता पाउने सम्भावना बढेको छ । यसअघि नेकपाको सुझाव कार्यदलले दिएको सुझावअनुसार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले १५ बुँदै प्रस्ताव तयार गरी शुक्रबारको बैठकमा पेश गरेका थिए ।
सोही प्रस्तावमा १३ जना स्थायी कमिटीका सदस्यहरुले व्यक्त गरेको सुझावलाई पनि समेट्ने निर्णयसहित पास भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि बुधबार दुई अध्यक्षबीच भएको छलफलबाट तयार गरिएको १५ बुँदै प्रस्ताव अध्ययनका लागि सबै स्थायी कमिटी सदस्यलाई पठाइएको थियो ।
त्यस क्रममा लिखित तथा बैठकमा क्रममा पनि विचारमा अन्तर्निहीत भएर सुझाव आएका थिए । र, ती सुझावलाई पनि समावेश गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकको क्रममा स्थायी कमिटी सदस्यहरु (रघुजी पन्त, लिलामणी पोखरेल, भीम आचार्य, माधव नेपाल, अस्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, धनश्याम भूसाल, मातृका यादव, भीम रावल, अमृत बोहोरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले विचार व्यक्त गरेका थिए ।
यसरी सदस्यहरुले राखेको विचारमाथि प्रचण्डले ती सुझावमाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
ओलीलाई सरकार र प्रचन्डलाई पार्टीको जिम्मा दिने तयारी
आज पारित भएको प्रस्तावअनुसार केपी ओलीले सरकारमा केन्द्रीत रहेर अगाडि बढ्ने तथा प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीगत कार्यको नेतृत्व गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
त्यस्तै सरकारले प्रस्तुत गर्ने विधेयकको सैद्धान्तिक पक्षहरूको बारेमा वा प्रस्तुत गर्ने नीतिको बारेमा पार्टीको केन्द्रीय कमिटी स्थायी कमिटी वा सचिवालयमा छलफल गरेर अगाडि बढाउने, पार्टी एकताको ऐतिहासिक महत्त्वलाई आत्मसात गर्दै पार्टीलाई अझ बढी सुदृढ गरेर अगाडि बढाउने निर्णय भएको पनि उनले जानकारी दिए ।
पार्टीलाई विधि र पद्धतीमा संस्थागत ढङ्गले सञ्चालन गर्ने काममा भएका कमी कमजोरीलाई सच्याउने र आगामी दिनमा पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्न एकतापूर्वक दुई अध्यक्ष अगाडि बढ्न तयार भएको श्रेष्ठले जानकारी दिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस