युएस ओपनकाे उपाधिका लागि भिक्टोरिया र नाओमी भिड्ने

२६ भाद्र २०७७, शुक्रबार २०:१४

एजेन्सी, भदाै २६ । अमेरिकामा जारी युएस ओपन २०२० टेनिस अन्तर्गत महिला एकलतर्फ भिक्टोरिया आजारेन्का र नाओमी ओसाकाले उपाधिका लागि खेल्ने भएका छन् ।

शुक्रबार अर्थर एसे स्टेडियममा भएको सेमिफाइनल खेलमा दुवैले आआफ्नो खेलमा विजयी बन्दै फाइनलमा भेट पक्का गरेकी हुन् ।

पहिलो सेमिफाइनलमा बेलारूसकी भिक्टोरियाले अमेरिकी विश्व नम्बर ३ सेरेना विलियम्सलाई २-१ को सेटमा पराजित गरिन् ।

पहिलो सेट ६-१ गुमाएकी भिक्टोरियाले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमा गर्दै ६-३, ६-३ को नतिजा आफ्नो पक्षमा पारिन् ।

यसैगरी, आजै भएको दोस्रो सेमिफाइनलमा सन् २०१८ को विजेता जापानकी नाओमी ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई ७-६(७-१), ३-६ र ६-३ को सेटमा पराजित गरिन् ।

पहिलो सेटमा कठीन जित निकालेको नाओमी दोस्रो सेटमा पराजित भइन् भने अन्तिम सेटमा ६-३ को सहज जित हात पार्दै फाइनलमा भिक्टाेरियासँग भेट पक्का गरिन् । प्रतियोगितको फाइनल शनिबार अर्थर एसे स्टेडियममा हुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.